• २०८१ पौष २१ आइतबार

दक्षिण कोरिया विमान दुर्घटना: जेजु एयरको कार्यालयमा छापामारी, प्रमुखलाई देश छोड्न प्रतिबन्ध

kharibot

काठमाडौँ । विमान दुर्घटनाको सम्बन्धमा दक्षिण कोरियाली प्रहरीले जेजु एयरको कार्यालय र मुआन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेटरमा छापा मारेको छ । मिडिया रिपोर्टका अनुसार जेजु एयरका प्रमुख कार्यकारी किम ई-बाईलाई अनुसन्धान जारी नभएसम्म देश छोड्न प्रतिबन्ध लगाइएको बताएको छ ।

प्रहरीले दुर्घटनाको कारण र जिम्मेवारीलाई जतिसक्दो चाँडो कानुनबमोजिम पत्ता लगाउने योजनामा काम गरिरहेको बताएको छ ।

डिसेम्बर २९ मा दक्षिण कोरियाको मुआन विमानस्थलमा जेजु एयरको विमान दुर्घटना भएको थियो । यस दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो । विमानमा चालक दलका २ सदस्य मात्रै सकुशल रहेका थिए । उनीहरु दुवैलाई विमानको पछाडिको आकस्मिक निकासबाट उद्धार गरिएको थियो ।

जेजु विमान दुर्घटना भएको ४ दिन बितिसक्दा पनि विमान कसरी दुर्घटना भयो भन्ने थाहा हुन सकेको छैन । इन्जिनसँग चरा ठोक्किएर दुर्घटना हुन नसक्ने विज्ञहरू बताउँछन् । एउटै इन्जिनमा चराले ठक्कर दिँदा सबै प्रणाली पूर्णरुपमा असफल नहुने, एउटा इन्जिनमा पनि विमान उडाउन सकिने उनको विश्वास छ ।

सबैभन्दा पहिले पाइलटले बिहान ८:५९ बजे मुआन एयरपोर्टको एयर ट्राफिक कन्ट्रोलरलाई मेडे अलर्ट पठाएका थिए । पाइलटहरूले आपतकालीन अवस्थामा मेडे शब्द प्रयोग गर्छन्। पाइलटले विमानमा चरा ठोक्किएको जानकारी दिए । यसपछि पाइलटलाई बाटो परिवर्तन गरी उल्टो दिशामा अवतरण गर्न निर्देशन दिइएको थियो । विमानले दुई पटक विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो । ल्यान्डिङ गियर नखुलेपछि पहिलो पटक विमान अवतरण हुन सकेन । यसपछि पाइलटलाई एटिसीले थप एक राउण्ड हावामा उडाउन आग्रह गरे । तर, ल्यान्डिङ गियर नखुल्नुको कारण के थियो भन्ने अहिलेसम्म खुलेको छैन ।

यो दुर्घटना सबैभन्दा घातक विमान दुर्घटना मध्ये एक हो। संयुक्त राष्ट्रसंघका अनुसार यो दुर्घटना सन् २०१८ को लायन एयरको फ्लाइट ६१० इन्डोनेसियामा दुर्घटनापछिको सबैभन्दा ठूलो दुर्घटना हो । जहाजमा रहेका सबै १८९ जनाको ज्यान गएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै