काठमाडौँ । रुसको तर्फबाट युक्रेनविरुद्ध लडिरहेका दुई उत्तर कोरियाली सेना पक्राउ परेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सेना पक्राउ परेको जानकारी दिएका छन् ।
जेलेन्स्कीले पक्राउ परेका उत्तर कोरियाका सेना जिउदो रहेको र दुवैलाई कीभ ल्याउदै गरिएको समेत जानकारी दिएका छन् ।
युक्रेन र पश्चिमी विश्लेषकहरुले करिब ११ हजार उत्तर कोरियाका सेनाहरु हाल युक्रेनविरुद्धको लडाईमा सहभागी रहेका छन् ।
अघिल्लो साता मात्र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेनविरुद्धको लडाईमा करिब एक हजार उत्तर कोरियाका सेनाको मृत्यु भएको बताएका थिए ।