• २०८१ पौष २७ शनिबार

कस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान ?

kharibot

काठमाडौँ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशमा मौसम आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश प्रदेशको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।त्यस्तै बागमती प्रदेशमा आज आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमा आज मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा आज मौसम बदली रहने सम्भावना छ भने कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा आज हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै