Skip This
  • २०८१ पौष २५ बिहीबार

शीतलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द हुँदै

kharibot

रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको शीतलहरसंगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द हुन थालेको छ ।

एका बिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरुले छुट्टाछुट्टै सूचना प्रकाशित गरी बन्द गरिएको हो । 

रौतहटका सामुदायिक तथा निजी विद्यालयमा आज बुधवारदेखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला सदरमुकाम गौर, इशनाथ ,फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउपालिकाले मंगलवार एक सुचना जारी गर्दै चिसोको कारण तीन दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । 

चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वर्षे बिदा बाट कट्टा हुने गरी बिदा दिईएको सूचनामा उल्लेख गरिएको छ।

लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले उक्त पालिका भित्र रहेको सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सम्बन्धित पालिकाहरुले जनाएको छ ।

जिल्लाको १८ स्थानिय तह मध्ये अधिकांशले बिद्यालय बन्दको सूचना जारी गरिसकेको छ। पछिल्लो एक सातादेखि मधेश प्रदेशमा बिहानैदेखि चल्ने सितलहरको कारण अत्यधिक चिसो बढेर मानिसको जन जीवन प्रभावित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै