• २०८१ पौष २६ शुक्रबार

अस्ट्रेलियामा आफुलाई विष खुवाइएको जोकोभिच दाबि

kharibot

काठमाडौँ । टेनिस खेलाडी नोभाक जोकोभिचले मेलबर्नको एक होटलमा हिरासतमा लिइएका बेला आफूलाई 'विष' दिइएको दाबी गरेका छन् ।

दस पटकका च्याम्पियन सर्बियाली टेनिस खेलाडी जोकोभिचको कोरोना खोप नलगाएको कारणले २०२२ मा भिसा रद्द गरिएको थियो । यसपछि उनलाई अष्ट्रेलियाको मेलबर्न शहरबाट देश निकाला गरिएको थियो ।

अस्ट्रेलियाली सरकारले देशका जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै नोभाक जोकोभिचको भिसा रद्द गरेको बताएको थियो । जोकोभिचले जिक्यू पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूलाई विष दिइएको बताएका थिए ।

उनले भने, 'मैले महसुस गरे कि मलाई मेलबर्नको होटलमा विषाक्त पदार्थ खुवाइएको थियो । मैले वास्तवमा धेरै धातु खाएँ । मैले धेरै सिसा खाएँ ।'

अस्ट्रेलियन ओपन २०२५ को लागि मेलबर्नमा आयोजित पत्रकार सम्मेलनको क्रममा, स्थानीय पत्रकारहरूले जोकोभिचलाई यस विषयमा थप जानकारीको लागि सोधिए पनि उनले जवाफ भने दिएनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै