काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।
आज कोशी प्रदेशमा हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षा साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षा साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हिमाली हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।