• २०८१ पौष २६ शुक्रबार

लामिछानेसहितको मुद्धामा सरकारी वकिलको जवाफी बहस सकियो

kharibot

काठमाडौँ ।  सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्धामा सरकारी वकिलको जवाफी बहस सकिएको छ ।

बहसको अन्तिममा न्यायाधीश नीतिज राईको इजलासमा जारी सुनुवाइका क्रममा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिएको समयभित्र लामिछानेले सहकारी पिडितको बचत फिर्ता ल्याउन उक्त प्रतिबद्धता जनाएका छन् । 

लामिछानेले आफुलाई धरौटी वा तारेखमा बसेर पुर्पक्ष गर्ने व्यवस्था गरिदिन अदालतसमक्ष माग गरेका थिए । गृहमन्त्री हुँदा समेत शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै लामिछानेले अब पनि दुरुपयोग नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।  

कास्की अदालतले बिहीबारनै थुनामा राखेर पुर्पक्ष गर्ने वा रिहा गरेर मुद्दाको अनुसन्धान अघि बढाउने भन्नेबारे आजै आदेश गर्ने सम्भावनालाई ध्यानमा राख्दै अदालत परिसरसहित पोखराका प्रमुख स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै