• २०८१ पौष २६ शुक्रबार

नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन जरुरी छ- मन्त्री पाण्डे

kharibot

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन् ।

प्रतिनिधि सभा अन्तरर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने- 'मेरो कुनै पनि विभागीय कर्मचारीहरु मथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।'

उनले नेपाल वायुसेवाको विमान सञ्चान र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको उद्घोष गरे । उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायाले ध्यानदिनु पर्ने समेत उल्लेख गरे ।

उनले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनु पर्नेमा प्रष्ट पारे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै