Skip This
  • २०८१ पौष २५ बिहीबार

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया उपचारका लागि एयर एम्बुलेन्समा लण्डन प्रस्थान

kharibot

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी प्रमुख खालिदा जिया उपचारका लागि लण्डन प्रस्थान गरेकी छन् ।

उनी मंगलबार राति १० बजे कतारले पठाएको एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् ।

बिएनपीका सहमहासचिव रुहुल कबिर रिजवीद्वारा जारी विज्ञप्तिमा खालिदा जिया साँझ ८ बजे गुलशन हाउसबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेको उल्लेख गरिएको छ । लण्डन पुगेपछि उनलाई सिधै लण्डनको क्लिनिकमा भर्ना गरिने छ ।

डाक्टरको अनुरोधमा उनलाई अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी अस्पतालमा पनि उपचारका लागि लैजान सकिने समेत बताइएको छ ।

खालिदा जिया कलेजो सिरोसिस, मुटु र मृगौला सम्बन्धी रोगबाट पीडित छिन् । 

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि खालिदा जिया जेलबाट रिहा भएकी हुन् । उनी भ्रष्टाचारको आरोपमा जेल परेकी थिइन् । उनलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै