• २०८१ पौष २३ मंगलबार

सिड्नी टेस्टको पहिलो इनिंगमा भारत १८५ रनमा अलआउट

kharibot

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा शुरु भएको बोर्डर–गावस्कर ट्रफीको अन्तिम खेलमा भारत १८५ रन बनाएर अलआउट भएको छ । टस जितेर पहिला ब्याटिंग गरेको भारतले खेलमा ७२.२ ओभर खेल्दै १८५ रन बनाएको हो । 

भारतका लागि ऋषव पन्तले सर्बाधिक ४० रन बनाए भने रविन्द्र जडेजाले २६, जसप्रित बमराहले २२, शुभमन गिलले २० रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलरस्कट बोल्याण्डले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिएका थिए । त्यस्तै पाट कमिन्सले २ विकेट लिएका थिए भने नाथन लायनले एक विकेट लिएका थिए ।

यो शृङ्खलामा अहिलेसम्म चार खेल खेलिएका छन् । जसमध्ये दुई खेल अस्ट्रेलियाले जितेको छ भने भारतले एक खेल जितेको छ । त्यस्तै एक खेल ड्र भएको थियो ।

यस खेलमा भारतका नियमित कप्तान रोहित शर्मा खेलेका छैनन् भने उनको स्थानमा जसप्रित बुमराहले यस खेलमा कप्तानी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै