काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गी रहेको छ । तिब्बतमा गएको भूकम्पले काठमाडौंदेखि भारतको दिल्लीसम्म हल्लाएको थियो ।
यस भूकम्पबाट पूर्वी नेपालमा क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।