काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको बोर्डर गावस्कर सिरिज ३-१ ले जितेको छ ।
जारी सिड्नी टेस्ट ६ विकेटले जितेर अस्ट्रेलियाले १० बर्षपछि बोर्डर गावस्कर ट्रफि जितेको छ ।
भारतले दिएको १६२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिलो इनिंगमा भारतले ४ रनको अग्रता हासिल गरेको थियो । पहिलो इनिंगमा भारतले १८५ रन बनाएको थियो भने अस्ट्रेलियाले १८१ रन बनाएको थियो ।
पाँच खेलको बोर्डर गावस्कर सिरिजमा अस्ट्रेलिया ३-१ ले विजयी भएको छ ।
यो जितसँगै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन्सिपको फाइनलमा पनि पुगेको छ । विश्व टेस्ट च्याम्पियन्सिपको फाइनलमा अब अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।