काठमाडौँ । सिड्नी टेस्टमा भारतले अस्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो दिन भारत आफ्नो दोस्रो इनिंगमा १५७ रनमा अलआउट भएपछि अस्ट्रेलियाले टेस्ट जितका लागि १६२ रनको लक्ष्य पाएको हो ।
भारतलाई १५७ रनमा अलआउट गर्नेक्रममा अस्ट्रेलियाका बलर स्कट बोल्याण्डले ६ विकेट लिएका थिए । उनले पहिलो इनिंगमा ४ विकेटसहित यस टेस्टमा कुल १० लिएका छन् ।
यस अघि पहिलो इनिंगमा भारतले ४ रनको अग्रता हासिल गरेको थियो । पहिलो इनिंगमा भारतले १८५ रन बनाएको थियो भने अस्ट्रेलियाले १८१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले तेस्रो दिनको लन्च ब्रेकसम्म ३ विकेट गुमाउदै ७१ रन बनाइसकेको छ । अब अस्ट्रेलियाले यो टेस्ट जित्न ९१ रन बनाउनुपर्ने छ भने भारतले ७ विकेट लिनुपर्ने छ ।
पाँच खेलको बोर्डर गावस्कर सिरिजमा अस्ट्रेलिया हाल २-१ ले अगाडी रहेको छ ।