• २०८१ पौष २४ बुधबार

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको क्लीन स्वीप

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप गरेको छ । जारी दोस्रो टेस्ट १० विकेटले जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा क्लीन स्वीप गरेको हो ।

पाकिस्तानले इद्येको केवल ५८ रनको लक्ष्य दक्षिण अफ्रिकाले कुनै विकेट नगुमाएर पुरा गरेको थियो ।

यस टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रिकाले ६१५ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा १९४ रन मात्र बनाएर अल आउट भएपछि फलोअनमा परेको थियो । दोस्रो इनिंगमा पाकिस्तानले ४७८ रन बनाएपछि दक्षिण अफ्रिकाले ५८ रनको लक्ष्य पाएको थियो ।

यो सँगै दक्षिण अफ्रिकाले सिरिज २-० ले क्लीन स्वीप गरेको छ भने विश्व टेस्ट च्याम्पियनसिपमा शिर्ष स्थानमा कायम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै