• २०८१ पौष २४ बुधबार

युरोपियन टी–२० प्रिमियर लिगमा अभिषेक बच्चनको लगानी

kharibot

काठमाडौँ । अभिनयको दुनियाँसँगै अभिषेक बच्चन खेलकुदमा पनि रुची राख्छन् । उनीहरुले खेलकुद क्षेत्रमा पनि पैसा लगानी गर्छन् ।

अहिले उनले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) मा पैसा लगानी गरेका छन् । अभिषेक यस लिगको सह-मालिक बनेका छन् । यो लिग यसै वर्ष जुलाईदेखि सुरु हुनेछ । यस लिगमा अभिषेक बच्चनको लगानी विश्वव्यापी खेलकुदमा उनको योगदानको लागि महत्वपूर्ण कदम हो। यसमा उनले खुसी व्यक्त गरेका छन् ।

युरोपेली टी-२० प्रिमियर लिग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) द्वारा अनुमोदित प्रतियोगिता हो । जसमा आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड लगायत विश्वभरका उत्कृष्ट खेलाडीले खेल्नेछन् । यो लिग १५ जुलाई देखि ३ अगस्ट २०२५ सम्म चल्नेछ । यसका खेलहरू डब्लिन र रोटरडममा हुनेछन्।

अभिषेक बच्चनले ईटीपीएलमा आबद्ध भएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने, ‘क्रिकेट खेल मात्र होइन, यो विश्वभरका देशलाई एकताबद्ध गर्ने मञ्च हो । इटीपीएल एउटा प्लेटफर्म हो जसले क्रिकेटको बढ्दो मागलाई राम्रोसँग प्रतिबिम्बित गर्नेछ । २०२८ ओलम्पिकमा क्रिकेट समावेश भएपछि, यो लिग यस खेलको लोकप्रियता बढाउन धेरै सहयोगी साबित हुनेछ । म आयरल्यान्ड, स्कटल्याण्ड र नेदरल्याण्ड्सका क्रिकेट बोर्डहरू बीचको यो पहिलो किसिमको सहकार्यको लागि धेरै उत्साहित र आभारी छु ।

अभिषेक बच्चनले थप भने, ‘मलाई यो कार्यक्रम सफल बनाउन मेरो टोलीमा पूर्ण विश्वास छ । म सबैलाई बधाई दिन्छु, उनीहरूले विगत एक वर्षदेखि कडा मेहनत गरिरहेका छन् । इटीपीएललाई भव्य रूपमा सफल बनाउने हाम्रो प्रयास हो । क्रिकेटले युरोपभरि लाखौं मानिसहरूमाझ लोकप्रियता हासिल गर्यो। यो त सुरुवात मात्र हो। यो हाम्रो उत्कृष्ट देखाउने र खेल सुरु गर्ने समय हो ।'

आयरल्यान्ड क्रिकेट बोर्डका सीईओ तथा ईटीपीएलका अध्यक्ष वारेन ड्युट्रोमले अभिषेक बच्चनलाई स्वागत गरेका छन् । उनले भने, 'हामी अभिषेक बच्चन इटिपीएलको सह-मालिक भएको घोषणा गर्न पाउँदा खुसी छौं। उनको खेलकुदप्रतिको लगावले युरोपेली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्नेछ । यो लिग अघि पनि अभिषेक बच्चनले धेरै लिगमा पैसा लगानी गरिसकेका छन् । उनी भारतमा खेलिने प्रो कबड्डी लिगमा २ पटक च्याम्पियन बनेको जयपुर पिंक प्यान्थर्सका मालिक हुन् । त्यस्तै उनले इन्डियन सुपर लिगमा चेन्नईयिन एफसीमा पनि लगानी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै