काठमाडौँ । अमेरिकी अधिकारीहरूले चिनियाँ सरकार प्रायोजित ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक गरेको बताएका छन् ।
विभागले ह्याकरहरूले कर्मचारीहरूको कार्यस्थल र केही कागजातहरूमा पहुँच गरेको बताएको छ । चीनले ती आरोपहरूलाई अस्वीकार गर्दै 'निराधार' भएको बताएको छ ।
यो घटना डिसेम्बरको शुरुवाती दिनमा भएको बताएको छ । अर्थ विभागले सिनेटरहरुलाई पत्र लेखेर यसबारे जानकारी दिएपछि यो जानकारी सार्वजनिक भएको हो ।
अमेरिकी एजेन्सीले यस चोरीलाई 'ठूलो घटना' भनेका छन् । यस घटनाको प्रभावको अनुसन्धान गर्न एफबीआई र अन्य एजेन्सीहरूसँग काम भइरहेको पनि बताए ।
राजधानी वासिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले यो आरोप 'निन्दनीय आक्रमण' को हिस्सा भएको र 'कुनै तथ्यविना' गरिएको बताए ।