• २०८१ पौष २१ आइतबार

सिड्नी टेस्टमा भारतको खराब शुरुवात

kharibot

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा शुरु भएको बोर्डर–गावस्कर ट्रफीको अन्तरिम खेलमा भारतले खराब शुरुवाट गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले खेलको लन्चसम्म भारतले ३ विकेट गुमाएको छ । लन्चसम्म खेलमा भारतले ३ विकेट गुमाएर ५७ रन बनाएको छ । भारतका यशस्वी जैसवाल १०, केएल राहुल ४ र शुभमन गील २० रन बनाएर आउट भएका छन् ।

यो शृङ्खलामा अहिलेसम्म चार खेल खेलिएका छन् । जसमध्ये दुई खेल अस्ट्रेलियाले जितेको छ भने भारतले एक खेल जितेको छ । त्यस्तै एक खेल ड्र भएको थियो ।

यस खेलमा भारतका नियमित कप्तान रोहित शर्मा खेलेका छैनन् भने उनको स्थानमा जसप्रित बुमराहले यस खेलमा कप्तानी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै