• २०८१ पौष १८ बिहीबार

राष्ट्रपतिको उम्मेदवारबाट पछि हटेकोमा बाइडेनको पछुतो

kharibot

काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले जनवरी २०, २०२५ मा आफ्नो पदभार ग्रहण गर्नेछन् ।

यसैबीच, हालै भएको राष्ट्रपति चुनावमा जो बाइडेनले रिपब्लिकन नेता ट्रम्पलाई हराउन सक्ने एक रिपोर्टले दाबी गरेको छ । २०२४ को राष्ट्रपतिको दौडबाट पछि हटेकोमा बाइडेनले पछुतो मानेको रिपोर्टमा उल्लेख गरिएको छ ।

डेमोक्र्याटहरूका बीचमा दौडबाट फिर्ताको माग बढ्दै जाँदा बाइडेनले जुलाई २१ मा राष्ट्रपति अभियानबाट फिर्ता भएको घोषणा गरेका थिए । उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्न पनि ढिलाइ गरे, ह्यारिसलाई ट्रम्पको विरुद्ध लड्न तीन महिना मात्र दिए । ह्यारिस निर्वाचनमा पराजित भइन् ।

बाइडेनले भर्खरै आफ्नो अभियानले सामना गर्ने चुनौतीहरूको बाबजुद पनि नोभेम्बरमा ट्रम्पलाई हराउन सक्ने विश्वास व्यक्त गरेको वाशिंटन पोष्टले उल्लेख गरेको छ ।

राष्ट्रपति बिडेनले उपराष्ट्रपति ह्यारिसलाई आफ्नो फिर्ताको लागि जिम्मेवार ठहराउन अस्वीकार गरेको रिपोर्टमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै