• २०८१ पौष २१ आइतबार

बालेनले गाए फिल्ममा गीत

kharibot

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्ममा गीत गाएर पार्श्व गायनमा डेभ्यु गरेका छन् ।  र्‍याप गायकको रुपमा परिचित बालेनका मेयरमा निर्वाचित भएपछि नयाँ गीत गाएका छैनन् ।

उनले गाएका ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘मन यो उड्यो’, ‘नेपाल हाँसेको’, ‘स्टे ट्रु’, ‘गोर्खाली तोप’, ‘स्याभेज’, ‘मार्फाको मदिरा’, ‘यथार्थ’, ‘आस्तिक’ जस्ता गीत चर्चित गीतहरु छन् । 

अब लामो समयपछि बालेनले आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’मा  गीत गाउँदै उनले पार्श्व गायनमा डेब्यु गरेका छन् । केही दिनअघि रेकर्ड भइसकेको गीतमा बालेन स्वयंको शब्द तथा संगीत छ । उक्त गीत फिल्म रिलिजअघि नै सार्वजनिक गर्ने तयारीमा फिल्मको निर्माण पक्ष रहेको छ ।
‘लाज शरणम्’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे) सँग बालेनको घनिष्ट सम्बन्ध रहेका कारण बालेनले उनको फिल्ममा गीत गाएको चर्चा छ । 

‘लाज शरणम्’लाई हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको हो । कुमार कट्टेल (जिग्री ब्रो) को निर्देशनमा बनेको फिल्ममा अर्जुनसहित हरिस निरौला, विजय बराल, सागर लम्साल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा लगायतको अभिनय रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै