काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ ।
कार्टर सेन्टरले विज्ञप्ति जारी गर्दै जिमी कार्टरले आइतबार जर्जियास्थित आफ्नो घरमा अन्तिम लिएको जानकारी दिएको छ ।
जिमी कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९औं राष्ट्रपति थिए । सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति बनेका छन् ।
उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ ।'
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले लेखे, 'जिम्मीले हाम्रो देशको लागि महत्वपूर्ण समयमा राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गरे र अमेरिकी जनताको जीवन सुधार गर्न काम गरे ।'