काठमाडौं । आज शुक्रबार बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
स्थानीय समय अनुसार बिहान ८: ०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पछिल्ला केही दिनयता लगातारजसो भूकम्प गइरहेको छ । यसअघि विहिबार सिन्घुपाल्चोक केन्द्र विन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै गत मंगलबार बैतडी केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।