काठमाडौँ । अमेरिकाको न्यू अर्लिन्समा एक कारले मानिसहरूको भीडमा ठक्कर दिदा १० जनाको मृत्यु भएको छ ।
यस घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएको सिएनएनले उल्लेख गरेको छ ।
लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीले बोर्बोन स्ट्रिटमा हिंसाको डरलाग्दो घटना भएको जानकारी दिएका छन् ।
न्यू अर्लिन्सको फ्रन्ट क्वार्टरको बोर्बन स्ट्रिटमा भीडमाथि एक व्यक्तिले आफ्नो कार चलाउँदा यो घटना भएको थियो ।
यो सडक रात्रि जीवनका लागि परिचित छ । यहाँ धेरै बार, क्लब र रेस्टुरेन्टहरू छन् । नयाँ वर्ष मनाउन यहाँ ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको बेला यो दुर्घटना भएको बताइएको छ ।
न्यु अर्लिन्सको सरकारी एजेन्सी नोला रेडीले सामाजिक सञ्जालमा नहर र बोर्बोन स्ट्रिटमा ठूलो संख्यामा मानिस मारिएको बताएको छ ।