• २०८१ असार १७ सोमबार

युरोकपमा आजदेखि नकआउटका खेल, इटाली र स्वीजरल्याण्ड खेल्दै

kharibot

काठमाडौं । जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुदै छन् । नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

इटाली समुह बीमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । इटालीले समुह चरणमा खेलेका ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो ।

इटालीले पहिलो खेलमा अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अन्तिम खेलमा क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

त्यस्तै स्वीजरल्याण्ड समुह चरणमा समुह ए मा दोस्रो हुदै नक आउट चरणमा पुगेको हो ।  स्वीजरल्याण्ड समुह चरणमा अपराजित रहेको छ । स्वीजरल्याण्डले पहिलो खेलमा हंगेरीलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १-१ को र तेस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

इटाली र स्वीजरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ खेल जितेको छ भने स्वीजरल्याण्डले ७ खेल जितेको छ । त्यस्तै २४ खेल बराबरी भएका छन् ।      

नकआउट चरणमा को को खेल्दै छन् ?

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् । जसमा हरेक समुहका समुह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नक आउट चरणमा पुगेका छन् ।

जसमा समुह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् । त्यस्तै समुह बी बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।

त्यस्तै समुह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समुहबाट सर्बिया बाहिरिएको छ । त्यस्तै समुह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुदै नक आउटमा पुगेको छ ।

त्यसैगरी समुह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुदै नक आउटमा पुगेको छ । त्यस्तै समुह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहदै नक आउटमा पुगेको छ ।

अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ ।

त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ । त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै