काठमाडौँ । पाकिस्तानले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा कमब्याक गरेको छ ।
लगातारको दोस्रो हारपछि शुक्रबार सम्पन्न सिरिजको तेस्रो खेलमा पाकिस्तानले शानदार ९ विकेटको जित हासिल गर्दै सिरिजमा कमब्याक गरेको हो ।
न्युजील्याण्डले दिएको २०५ रनको लक्ष्य पछाएको पाकिस्तानले १६ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानका लागि हसन नवाजले अविजित ४५ बलमा १०५ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सलमान अघाले अविजित ५१ रन बनाएका थिए ।
त्यसैगरी मोहमद हारिसले ४१ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको न्युजील्याण्डले १९.५ ओभरमा अल आउट हुदै २०४ रङ बनाएको थियो ।
न्यूजील्याण्डका लागि मार्क चापम्यानले ९४ रन बनाएका थिए भने कप्तान माइकल ब्रेसवेलले ३१ रन बनाएका थिए ।
यो जितपछि पाकिस्तानले सिरिजमा कमब्याक गरेको छ । सिरिजमा न्युजील्याण्ड २-१ ले अगाडी रहेको छ । ५ खेलको सिरिजको चौथो खेल आइतबार हुने तालिका रहेको छ ।