• २०८१ चैत ५ मंगलबार

कीर्तिपुर क्रिकेट मैदानको प्यारापेट र फ्लडलाईट जडान बैशाख २४ भित्र सम्पन्न गर्ने

kharibot

काठमाडौं । शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ । मंगलबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो । 

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट  'कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले बताए । 

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् । 

मन्त्रालयका अन्य भौतिक प्रगतिहरूः 

- राष्ट्रिय शहरी नीति स्वीकृत भएको छ।
-स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई संचालन ।
 -झापा स्थित दमक व्यापारिक कम्पलेक्सको निर्माण सम्पन्न ।
-काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षण अन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटि प्लाजामा दुई वटा पार्क निर्माण सम्पन्न । 
-बागमती सुधार आयोजना अन्तर्गत यस आ।व।मा २०० मीटर नदी तटबन्ध, ३५० मीटर सडक कालोपत्रे र १५० मीटर मुख्य ढल निर्माण ।
-नगर विकास कोषबाट शहरी खानीपानी सरसफाई आयोजना अन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तरउन्नति ।
-शहरी उत्थान तथा जिविकोपार्जन सुधार आयोजना अन्तर्गत नगरपालिकाहरुको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसीयाली विकास बैक सँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सेनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै