• २०८१ चैत ७ बिहीबार

आर्मीमाथि मधेश प्रदेशको रोमाञ्चक जित

kharibot

काठमाडौँ । जारी पीएम कप अम्राजित रहेको त्रिभुवन आर्मी क्लबमाथि मधेश प्रदेशले रोमाञ्चक जित हासिल गरेको छ ।  देउखुरी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा मधेश प्रदेशले आर्मीमाथि ३ विकेटको जित हासिल गरेको हो । 

आर्मीले दिएको २१८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

मधेशको जितमा कप्तान अनिल शाहले सर्बाधिक ४५ रन बनाए भने रुपेश सिंहले अविजित ३८ रन बनाएका थिए ।  त्यस्तै हरिशंकर शाह र पवन सराफले ३७-३७ रन बनाएका थिए । 

त्यस्तै आर्मीका बलर नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले २-२ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले भिम सार्कीको ८९ रनको मद्धतले ५० ओभरमा ७ विकेट गुमाउदै २१७ रन बनाएको थियो । 

यो जितपछि मधेश प्रदेशको हारको सिलसिला रोकिएको छ ।  मधेशको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ ।  त्यस्तै यस अघि लगातार ५ खेल जितेको आर्मीकोको जितको क्रम रोकिएको छ र पहिलो हार बेहोरेको छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै