• २०८१ चैत ८ शुक्रबार

'नो केबलकार' पक्षले बनायो उच्चस्तरीय वार्ता समिति

kharibot

ताप्लेजुङ । 'नो केबलकार' पक्षले खगेन्द्र फेम्बू लिम्बूको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको छ । पाँच सदस्यीय वार्ता समितिको सदस्यमा श्रीप्रसाद लिंखिम, सरस्वता (सरु) सिंगक, धनराज लिम्बू र सन्तोष मेहता रहेका छन् ।

फेम्बू केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक हुन् भने लिंखिम मुक्कुमलुङ संघर्ष समितिका संयोजक हुन् । सरकारद्वारा गठित वार्ता समितिले यसअघि उनिहरूको नामै किटान गरेर वार्तामा बोलाउने तयारी पनि गरेको थियो । सिंगकले मुक्कुमलुङ ताङसेप चुम्भो तथा धनराज र सन्तोष राजनीतिक दलबाट रहेको उल्लेख छ । सिंगक भने यसअघिको वार्तामा समन्वय समितिको संयोजक रहेकी थिइन् ।

मुक्कुमलुङमा आएको विवादमा नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र मुक्कुमलुङ ताङसेप र अन्तरदलीय राजनीतिक दलहरूको वार्ता सहजीकरण टोलिबीच चैत ४ गते भएको वार्ताले उच्चस्तरीय वार्ता समिति गठन गर्ने सहमति अनुसार वार्ता समिति गठन गरिएको आन्दोलनरत समूहद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा १३ वटा संघसंस्था र ११ राजनीतिक दलले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै