• २०८१ चैत ५ मंगलबार

पाकिस्तानविरुद्धको जारी टी-२० सिरिजमा न्यूजील्याण्डको लगातार दोस्रो जित

kharibot

काठमाडौं । न्यूजील्याण्डले पाकिस्तानविरुद्धक जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न सिरिजको दोस्रो खेलमा न्यूजील्याण्ड ५ विकेटले विजयी भएको हो ।

यो खेल बर्षाले प्रभावित भएपछि १५-१५ ओभर खेलाइएको थियो ।

पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १३.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डको जितमा टिम सेइफेर्टले ४५, एलेन फिनले ३८ र मिचेल हायले २१ रन बनाएका थिए । त्यस्तै पाकिस्तानी बलर हरिस राउफले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १५ ओभरमा ९ विकेट गुमाउदै १३५ रन बनएको थियो । पाकिस्तानका लागि कप्तान सलमान अघाले सर्बाधिक ४६ रन बनाए भने शडाब खानले २६ तथा शाहिन शाह अफ्रिदीले २२ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर ज्याकब डफी, बेन सियर्स, जेम्स निशाम र इश सोढ़ीले २-२ विकेट लिएका थिए ।

यो जितपछि न्यूजील्याण्डले ५ खेलको सिरिजमा २-० को बढ्त लिएको छ । अब सिरिजको तेस्रो खेल आगामी शुक्रबार हुने छ ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै