• २०८१ चैत ५ मंगलबार

गाजा पट्टीमा इजरायलको आक्रमणमा सयभन्दा बढीको मृत्यु

kharibot

काठमाडौँ । इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ । हमासको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा कम्तिमा १३० प्यालेस्टिनीको मृत्यु भएको बताएको छ ।

यसअघि, इजरायल रक्षा बलले विज्ञप्तिमा हमासको 'आतंकवादी लुक्ने ठाउँहरू' लाई लक्षित गरिरहेको बताएको थियो । गाजाका आन्तरिक मामिला उपमन्त्री तथा हमासका एक वरिष्ठ सैन्य कमाण्डर महमूद अबु वफाह पनि सोही आक्रमणमा मारिएको बताइएको छ ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो । प्रत्यक्षदर्शीहरूले गाजामा मानिसहरू खाना खाइरहेका बेला आक्रमण सुरु भएको बताएका छन् ।

गाजाको आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमानहरू देखिएको र ती लडाकु विमानहरूले गाजा शहर, रफाह र खान युनिसमा आक्रमण गर्न थालेको बताइएको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए ।

प्रधानमन्त्रीको कार्यालयले बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै