• २०८१ चैत ५ मंगलबार

शंकर पोखरेलको गुनासो- केन्द्रको बजेटमा स्थानीयको प्रशंसा, काठमाडौँ महानगरको रोग अन्यत्र पनि सर्यो !

kharibot

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको गुनासो गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको भन्दै गुनासो गर्दै केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको बताएका हुन् ।

उनले लेखेका छन्- 

केन्द्र सरकारको बजेट कार्यक्रमवाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउको स्थानिय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाण्डौ महानगरवाट अन्यत्र पनि सरेछ !? जसको काम उसको प्रशंसाको संस्कृतिवाट किन विमुख हुदैछ, नेपाली समाज ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै