• २०८१ चैत ५ मंगलबार

मेसीले अर्जेन्टिनाको विश्वकप छनौटको ब्राजिल र उरुग्वेविरुद्धको खेल गुमाउने

kharibot

काठमाडौँ । लियोनेल मेसीले अर्जेन्टिनाको विश्वकप छनौट अन्तर्गत ब्राजिल र उरुग्वेविरुद्धको खेल गुमाउने भएका छन् ।

मेसीलाई विश्वकप छनोटको लागि घोषणा गरिएको अर्जेन्टिनाको अन्तिम टिमबाट बाहिर राखिएको छ । इन्टर मियामीका लागि पछिल्लो खेलका क्रममा मेसी मांसपेशीमा चोट लागेको कारण राष्ट्रिय टिमबाट खेल्न नसक्ने भएको बताइएको छ । अर्जेन्टिनाका लागि पाउलो डिबालालाई पनि इन्जुरीका कारण टिम बाहिर राखिएको छ ।  

अर्जेन्टिनाले मार्च २२ मा उरुग्वेसँग खेल्ने तालिका छ भने मार्च २६ मा घरेलु मैदानमा ब्राजिलसँग खेल्ने तालिका रहेको छ । हाल अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत १२ खेलमा ८ जित एक बराबरी र ३ खेलमा हारसहित २५ अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ ।

अर्जेन्टिनाको टिम

गोलकिपर: एमिलियानो मार्टिनेज (एस्टन भिल्ला), जेरोनिमो रुली (मार्सेली), वाल्टर बेनिटेज (पीएसभी) ।

डिफेन्डर: नाहुएल मोलिना (एट्लेटिको म्याड्रिड), गोन्जालो मोन्टिएल (रिभर प्लेट), जर्मेन पेज्जेला (रिभर प्लेट), लियोनार्डो बालेर्डी (मार्सेली), जुआन फोइथ (भिल्लारियल), निकोलस ओटामेन्डी (बेन्फिका), फाकुन्डो मेडिना (लेन्स), निकोलस ट्याग्लियाफिको (लियोन)।

मिडफिल्डर: लिआन्ड्रो पारेडेस (रोमा), एन्जो फर्नान्डेज (चेल्सी), रोड्रिगो डे पल (एट्लेटिको म्याड्रिड), एक्सेक्विएल पालासियोस (बायर लेभरकुसेन), एलेक्सिस म्याक एलिस्टर (लिभरपुल), म्याक्सिमो पेरोन (कोमो), गिउलियानो सिमियोन (एट्लेटिको म्याड्रिड), बेन्जामिन डोमिंग्वेज (बोलोग्ना), थियागो अल्माडा (लियोन) ।

फरवार्ड: निकोलस गोन्जालेज (युभेन्टस), निकोलस पाज (कोमो), क्लाउडियो इचेभेरी (म्यानचेस्टर सिटी), जुलियन अल्भारेज (एटलेटिको म्याड्रिड ), लाउटारो मार्टिनेज (इन्टर मिलान), सान्टियागो क्यास्ट्रो (बोलोग्ना), एन्जल कोरिया (एट्लेटिको म्याड्रिड) ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै