• २०८१ चैत ४ सोमबार

मेसी र पिकाल्टको गोलमा इन्टर मियामी विजयी

kharibot

काठमाडौँ । अमेरिकन मेजरलिग सकरमा इन्टर मियामीले एटलान्टा युनाइटेडलाई पराजित गरेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले एटलान्टा युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा खेलको ८९औँ मिनेटमा फफा पिकाल्टले निर्णायक गोल गरेका थिए । त्यसअघि १-० ले पछि परेको इन्टर मियामीका लागि लियोनेल मेसीले बराबरी गोल गरेका थिए । एटलान्टाका लागि एमानुएल लाते लाथले शुरुवाती गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामीको ४ खेलमा १० अंक भएको छ र इस्टर्न कन्फेरेन्समा शिर्ष स्थानमा उक्लिएको छ । त्यसै गरि एटलान्टा युनाइटेडको भने ४ खेलमा ४ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै