• २०८१ फाल्गुण ११ आइतबार

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सापकोटालाई पार्टी कार्यालयमा दिइयो अन्तिम श्रद्धाञ्जली

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य विदुर सापकोटाको पार्थिव शरीरमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, सभामुख देवराज घिमिरे, पार्टीका पदाधिकारी, स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी सदस्यहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

शुक्रबार सापकोटको पार्थिव शरीर पार्टी कार्यालयमा करिब दुई घण्टा राखिएको थियो । पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष डा.गंगालाल तुलाधर, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

सापकोटाको फागुन ८ गते  बिहान ३:५० बजे हेल्पिङह्यान्ड हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकोछ। सापकोटाको पार्थिव शरीर नेकपा एकीकृत समाजवादी कार्यालयमा राखिने भएको छ।

साथै आजदेखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि सुरु हुने भएको छ। पार्टी उपसचिव रामकुमार भट्टराईका अनुसार सापकोटाको निधन भएको हुनाले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलि शक्रबार ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर बस्ने गरी स्थगित गरिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै