• २०८१ फाल्गुण ११ आइतबार

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सापकोटाको निधन

kharibot

काठमाडौं । संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य रहेका सापकोटाको आज राति निधन भएको हो ।

मृर्गौलासम्बन्धि रोगबाट पीडित ५८ वर्षीय सापकोटाको चाबहिलको हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तत्कालीन पञ्चायती शासन विरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीति मार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका काभ्रेपलाञ्चोकका तत्कालीन नेकपा (एमाले)का सचिव सापकोटा २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रेबाट चुनिएका थिए।

पछि नेकपा एमाले विभाजन पछि उनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजे देखि १० बजेसम्म राख्ने पार्टीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै