काठमाडौं । चलचित्र 'यो मन त मेरो नेपाली हो' को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।
चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ ।
अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र 'यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्र “यो मन त मेरो नेपाली हो' ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
'यो मन त मेरो नेपाली हो' मा दिपक शर्मा ,विकास चौधरी र तोरम्पा हाङ राईको संगीत ,सौरभ लामाको छायांकन ,बनिश शाहको सम्पादन , देव महर्जनको द्वन्द्व ,रेनिश फागोको कलरिस्ट , कविराज गहतराज र प्रमोद भण्डारी को कोरियोग्राफी रहेको छ ।