• २०८१ माघ १७ बिहीबार

गाजामा कण्डम वितरण गर्न बाइडेनले दिएको सहयोग ट्रम्पले रोके !

kharibot

काठमाडौँ । अमेरिकामा बाइडेन प्रशासनले गाजाका लागि स्वीकृत गरेको ५ करोड डलरको कोषमा ट्रम्प प्रशासनले रोक लगाएको छ । ह्वाइट हाउसले गाजामा कन्डम वितरण गर्न कोष स्वीकृत गरिएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता अमेरिकाबाट हुने सबै विदेशी सहायता रोकेका थिए । उनको निर्णयको आलोचना भइरहेको बेला ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमार्फत गाजामा कण्डमको लागि दिइँदै आएको रकम रोकिएको बताएकी थिइन् । 

एलोन मस्कको सरकारी दक्षता विभाग र व्यवस्थापन तथा बजेट कार्यालयले गाजासँग सम्बन्धित कोषको अनुसन्धान गर्दा गाजामा कण्डम वितरणको लागि मात्र यति ठूलो रकम स्वीकृत गरिएको पाइएको लेभिटले बताएकी थिइन् ।

बाइडेन प्रशासनमा प्यालेस्टाइन मामिलाका सहायक विदेशमन्त्री एन्ड्रयू मिलरले यो दाबी पूर्णतया गलत भएको बताए । उनले त्यो रकम स्त्री रोग, यौन स्वास्थ्य वा अन्य कुनै कुराको लागि छुट्याइएको हुन सक्ने र कुनै पनि सरकारले कण्डम बाँड्न यति धेरै पैसा नदिएको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसको यो बयानपछि, मस्कले हमासको यो कार्यको रिपोर्ट साझा गरेर व्यंग्य गर्दै भने- 'कसैले मलाई भन्नुहोस्, किन सबै कण्डमहरू म्याग्नम अर्डर गरिएको थियो ?'

म्याग्नम एउटा कम्पनी हो जसले अतिरिक्त ठूलो आकारको कण्डम बेच्छ । जेरुसेलम पोस्टको रिपोर्ट अनुसार हमासले गाजामा कन्डमलाई हतियारको रूपमा प्रयोग गरिरहेको छ । २०१७ मा, हमासले इजरायलको दक्षिणी क्षेत्रमा खतरनाक ग्यासले कण्डम भर्न र छोड्न थालेका थिए । यसबाहेक, उनीहरूले कण्डमबाट बेलुन बनाउँदै थिए र त्यसमा विस्फोटक पदार्थ हाल्दै थिए । विस्फोटक पदार्थसँग बाँधिएका कण्डम र बेलुनहरू स्कूलको मैदान, खेत र राजमार्गहरूमा खसेका थिए, जसले गर्दा मानिसहरू घाइते भएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै