• २०८१ माघ १७ बिहीबार

सैफका छोरा इब्राहिमलाई करण जोहरले लन्च गर्दै

kharibot

काठमाडौँ । नातावादको आरोपमा घेरिएका करण जोहरले उद्योगमा अर्को स्टार किडलाई लन्च गर्ने घोषणा गरेका छन् । यसपटक उनी सैफ अली खानका छोरा इब्राहिम अली खानमाथि बाजी लगाएका छन् । उनले आफैंले आफ्नो सामाजिक सञ्जाल पोस्ट मार्फत इब्राहिमलाई बलिवुडमा लन्च गर्ने घोषणा गरेका छन् ।

करण जोहरले इब्राहिमका धेरै तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै लामो नोट लेखेका छन् र उनको डेब्यूको बारेमा जानकारी दिएका छन् । पोस्टमा करणले लेखेका छन्- 'म १२ वर्षको हुँदा पहिलो पटक अमृता (इब्राहिमकी आमा) लाई भेटेको थिएँ । त्यतिबेला उनी मेरो बुबासँग फिल्म दुनियामा काम गरिरहेकी थिइन् । मलाई याद छ, उनको ऊर्जा र क्यामेरामाथिको पकड दुवै धेरै बलियो थियो ।'

करणले अगाडि लेखेका छन्- 'मैले पहिलो पटक सैफलाई अन्जु महेन्द्रुको कार्यालयमा भेटेको थिएँ । ऊ यति जवान र सुन्दर थियो, ठ्याक्कै त्यस्तै जब मैले उसको छोरा इब्राहिमलाई पहिलो पटक भेटेको थिएँ । यसरी हाम्रो मित्रता धेरै पुस्तादेखि कायम छ र भाग्यवश यो हाम्रा बच्चाहरूमाझ पनि जारी छ ।'

करणले अगाडि लेखेका छन्, ‘म यो परिवारलाई विगत ४० वर्षदेखि चिन्छु । मैले उनीहरुसँग विभिन्न चलचित्रहरूमा काम गरेको छु । दुनियाँ र २ स्टेट्समा अमृता, कल हो ना हो र कुरबानमा सैफ, सिम्बामा साराको साथ..., म यो परिवारलाई उनीहरूको प्रेमका कारण चिन्छु । चलचित्र उनको रगतमा छ । र यससँगै म एउटा नयाँ प्रतिभाको लागि बाटो खोल्न चाहन्छु, जुन म संसारसँग बाँड्न उत्सुक छु । त्यसैले इब्राहिम अली खान पटौदीको प्रतीक्षा गर्नुहोस्, जो चाँडै नै पर्दा मार्फत तपाईंको मनमा प्रवेश गर्नेछन् ।'

करणले धेरै स्टार किड्सलाई इन्डस्ट्रीमा लन्च गरिसकेका छन् । आलिया भट्ट, वरुण धवनदेखि जान्हवी कपूर र इशान खट्टरसम्मलाई बलिवुडमा करणले लन्च गरेका छन् । अब उनी सैफ अली खानका छोरा इब्राहिमलाई पनि पर्दामा ल्याउनेछन् । धर्मा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म 'सरजमीन' बाट इब्राहिमले डेब्यू गर्न लागेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै