• २०८१ माघ १७ बिहीबार

अहिले आएको सामाजिक सञ्जाल नियमन गर्ने विधेयकलाई समर्थन गर्न सकिदैन- महामन्त्री शर्मा

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयकलाई समर्थन गर्न नसक्ने बताएका छन् । 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा मिडियालाई प्रतिक्रिया दिदै महामन्त्री शर्माले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल नियमन गर्ने विधेयकलाई समर्थन गर्न नसक्ने बताएका हुन् । 

महामन्त्री शर्माले कांग्रेसले यसअघि जारी गरेको विज्ञप्तिमा अहिले पनि कायम रहेको बताउदै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको रहेछ भनेपनि विरोध गर्ने बताए । 

उनले गलत सूचना दिने र फेक खाता बनाएर अनाग्रल प्रचारलाई रोक्न भने आवश्यक रहेको प्रतिक्रिया दिदै त्यसलाई नियमन गर्ने विषयमा छलफल गरेर सहमति गर्ने बताए । महामन्त्री शर्माले अहिले आएका कुरालाई समर्थन गर्न नसकिने स्पष्ट गरेका छन् । 

सरकारले सामाजिक सञ्जाल नियम गर्ने विधयेकमा जरिवानासहित जेल सजायसम्मको व्यवस्थाको प्रस्ताव गरेको छ । यो विधेयक संसदमा दर्ता गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै