• २०८१ माघ १४ सोमबार

विदेश नीतिको समिक्षा गर्दै अमेरिका, सबै विदेशी सहयोग रोकियो

kharibot

काठमाडौँ । अमेरिकाले विदेशमा दिदै आएको सहायता रोकेको छ । अमेरिकी अधिकारीहरू र दूतावासहरूलाई पठाइएको मेमोमा अमेरिकी विदेश विभागले पहिले नै विदेशमा प्रदान गरिँदै आएको सहायता रोकेको खुलेको छ।

डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशपछि यस्तो मेमो लिक भएको दाबी गरिएको छ । यसमा विदेश नीतिको समीक्षा नभएसम्म ९० दिनका लागि विदेशमा दिइने सबै प्रकारका सहायतामाथि प्रतिबन्ध लगाइएको छ ।

संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो । २०२३ को सरकारी तथ्याङ्क अनुसार, अमेरिकाले वैदेशिक सहायतामा ६८ अर्ब डलर खर्च गरेको थियो ।

अमेरिकी विदेश विभागको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबैतिर लागू हुने उल्लेख छ । राज्य विभागले जारी गरेको ज्ञापनपत्रमा इजरायल र इजिप्टलाई आपतकालीन खाद्य सहायता र सैन्य सहायतालाई अपवादको रूपमा समावेश गरिएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै