काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनित पिट हेगसेथ अमेरिकाको नयाँ रक्षामन्त्री हुने भएका छन् ।
शुक्रबार राति अमेरिकी सिनेटले हेगसेथको नियुक्तिलाई मतदानबाट अनुमोदन गरेको हो । मतदानका क्रममा तीन रिपब्लिकन सिनेटरले हेगसेथकोविरुद्ध मतदान गरेपछि, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले निर्णायक मतदान गर्नुपरेको थियो । सिनेटमा उनको पक्ष विपक्षमा ५०-५० मत परेपछि उपराष्ट्रपति भेन्सले उनको पक्षमा मतदान गर्दै ५१-५० मतले अनुमोदित भएका थिए ।
रक्षा सचिवको रूपमा चयन गर्ने प्रक्रियाको क्रममा हेगसेथले यौन दुर्व्यवहारको आरोप पनि सामना गर्नुपरेको थियो, जसलाई उनले अस्वीकार गरेका थिए ।
पूर्व सैनिक रहेका हेगसेथ फक्स न्यूज च्यानलका होस्ट समेत हुन् ।