• २०८१ माघ १४ सोमबार

कसले किन्ला अमेरिकामा टिकटक ?

kharibot

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समय दिएपछि  अब अमेरिकामा यसको स्वामित्व किन्ने होडबाजी चलेको छ ।

चर्चित युट्युबर मिस्टरबिस्टको नामले पनि चिनिने जिमी डोनाल्डसनले अमेरिकामा टिकटक किन्नको लागि आफ्नो बोलीको बारेमा आफ्ना लाखौं टिकटक फलोअर्सलाई बताएका छन् । 

मिस्टर बिस्टको यो पोस्ट मंगलबारदेखि ७ करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ । मिस्टरबिस्टले टिकटकमा लगानी गर्न प्रस्ताव गरिएको लगानीकर्ताको समुहसँग मिलेर प्रस्ताव गरेको बताएका छन् ।

यस महिनाको सुरुमा, ब्लूमबर्गले चीनले अमेरिकी अर्बपति एलन मस्कलाई टिकटक बेच्ने विचार गरिरहेको रिपोर्ट गरेको थियो । मस्क अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगीहरू मध्ये एक हुन् । मस्क पहिले नै सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक हुन् । यस हप्ताको सुरुमा, मस्कले एक्समा लेखेका थिए, 'हाल टिकटकलाई अमेरिकामा सञ्चालन गर्न अनुमति छ, तर एक्सलाई चीनमा सञ्चालन गर्न अनुमति छैन । यो सही होइन । केही परिवर्तन गर्न आवश्यक छ ।' मस्कको चीनसँग पनि राम्रो सम्बन्ध रहेको छ । मस्कले टेस्लाको उप्तादन हाल चीनबाट पनि गरिरहेका छन् । मस्कले अहिलेसम्म गिगा फ्याक्ट्रीका लागि ५ बिलियन डलर लगानी गरिसकेको बताइएको छ ।  

गत मंगलबार पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति ट्रम्पलाई मस्कलाई टिकटक बेच्ने हो ? भन्ने प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले मस्कले किन्न चाहेमा किन नदिने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले भने, 'म चाहन्छु कि ओरेकलका अध्यक्ष ल्यारीले टिकटक किनून्' जो त्यतिबेला राष्ट्रपति ट्रम्पसँगै मञ्चमा उपस्थित थिए। ल्यारी एलिसन पनि ट्रम्पका समर्थकहरू मध्ये एक हुन् । ओरेकल टिकटकलाई सर्भर प्रदान गर्ने प्रमुख कम्पनीहरू मध्ये एक हो । गत वर्ष, ओरेकलले टिकटकमा प्रतिबन्ध लगाउँदा ठूलो घाटा हुन सक्ने चेतावनी दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै