• २०८१ पौष २६ शुक्रबार

तीन संसदीय समितिको बैठक बस्दै

kharibot

काठमाडौं । संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सिंहदरवारस्थित कार्यालयमा तीनै समितिको बैठक बस्न लागेको हो । 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे बोलाइएको छ, जुन बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने अजेन्डा तय गरिएको छ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पुरानै अजेन्डा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा लामो समय देखी छलफल भइआएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै