• २०८१ पौष २४ बुधबार

सहकारी ठगी प्रकरणमा धनराजले दिए दोस्रो पटक सीआईबीमा बयान

kharibot

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) पुगेर दोस्रो पटक बयान दिएका छन् । 

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपलनमा मुछिएका धनराजले सीआईबी पुगेर दोस्रो पटक बयान दिएका हुन् । उनीसँग दोस्रो पटक करिब ५ घण्टा बयान लिइएको सीआईबी स्रोतले जानकारी दिएको छ । यस अघि धनराजसँग सीआईबीले गत कार्तिक २८ गते बयान लिएको थियो ।

धनराजकी पूर्व श्रीमती ज्योति गुरुङ उक्त सहकारीको सञ्चालक रहेको बेला १२ करोड ५१ लाख हिनामिना भएको प्रहरीको प्रारम्भिक छानविनमा खुल्न आएको छ । यसमा धनराजको संलग्नता देखिएपछि छानबिन भइरहेको छ ।

बयानमा धनराजसँग डिभोर्सको बारेमा पनि सोधपुछ गरिएको छ । उनीहरुबीच भएको सम्बन्धविच्छेदलाई ‘सहकारी डिभोर्स’ भन्दै कटाक्ष हुने गरेको छ । धनराजकी पूर्व श्रीमतीलगायत सो सहकारी अपचलनमा मुछिएर फरार रहेकाहरुविरुद्ध यस अघि नै रेडकर्नर नोटिससमेत जारी भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै