काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताएको छ ।
हाल सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मध्य र पश्चिम तराईका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको छ ।
आज कोशी प्रदेशम आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै आज मधेश प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै आज बागमती प्रदेश आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यसैगरी गण्डकी प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा आज आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा आज आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।