काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । आज नेप्से ६.१६ अङ्कले बढेर २६४६.८४ बिन्दुमा रोकिएको हो ।
आज ३०५ कम्पनीको एक करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह ०.२७, होटल तथा पर्यटन ०.०४, उत्पादन तथा प्रशोधन ०.२५ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ ।
लगानी समूहको उपसूचक स्थिर रहेको छ भने अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह २.६५ प्रतिशतले बढेको छ । विकास बैंक ०.८०, जलविद्युत् ०.४२, जीवन बीमा ०.६७, लघुवित्त ०.४४, म्युचुअल फन्डको ०.३५, निर्जीवन बीमाको ०.४२ र व्यापार समूहको ०.५९ प्रतिशतले बढेको छ ।
त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।