सोलुखुम्बु । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन गर्न स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको बताएका छन् ।
उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पुर्याएको अनुमान गरेको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिएका छन् ।