• २०८१ पौष २४ बुधबार

जय ट्रफीका पहिलो दुवै खेल बराबरी, कसले कति अंक हासिल गरे ?

kharibot

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप अन्तर्गत सोमबार सम्पन्न दुवै खेल बराबरीमा सकिएका छन् ।

जसमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसबीचको खेल ड्र भएको भएको छ । आर्मीले पहिलो इनिंगमा १२१ रन बनाएको थियो भने पुलिसले पहिलो इनिंगमा १२५ रन बनाएको थियो । त्यसपछि आर्मीले दोस्रो इनिंगमा १७५ रन बनाउदै पुलिसलाई १७२ रनको लक्ष्य दिएको थियो । १७२ रनको लक्ष्य पछाएको पुलिसले दोस्रो दिनको खेल सकिदा ५ विकेट गुमाउदै ८८ रन बनाएको थियो ।

यस खेलमा आर्मीका शहाब आलमले पहिलो इनिंगमा ८ र दोस्रो इनिंगमा २ गरि कुल १० विकेट लिए भने पुलिसका ललित राजबंशीले पहिलो इनिंगमा ७ र दोस्रो इनिंगमा २ गरि ९ विकेट लिएका थिए ।

यो बराबरीपछि पहिलो इनिंगमा अग्रता लिएको पुलिस क्लबले नियमित ६ र बोनस अंक १४ गरि कुल २२ अंक जुटाएको छ भने आर्मीले नियमित ३ र बोनस अंक १३ गरि कुल १६ अंक पाएको छ ।

त्यस्तै अर्को खेलमा मधेश प्रदेशले पहिलो इनिंगमा १०२ रन बनाएको थियो भने बागमती प्रदेशले पहिलो इनिंगमा १५० रन बनाएको थियो । त्यसपछि मधेश प्रदेशले दोस्रो इनिंगमा मयन यादवको १०६ रनको शतकीय पारीको सहयोगले ९ विकेट गुमाउदै २११ मा इनिंग घोषणा गर्दै बागमतीलाई १६४ रनको लक्ष्य दिएको थियो । १६४ रनको लक्ष्य पाएको बागमतीले दोस्रो दिनको खेल सकिदा ६ विकेट गुमाउदै ९७ रन बनाएपछि खेल ड्र भएको थियो ।

यस खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने दुवै इनिंगमा ५-५ गरी कुल १० विकेट लिएका थिए ।

खेल बराबरीपछि बागमती प्रदेशले पहिलो इनिंगमा अग्रताको आधारमा नियमित ७ र बोनस १५ अंक गरि कुल २२ अंक हासिल गरेको छ । त्यस्तै मधेश प्रदेशले नियमित ३ र  बोनस १४ अंक गरि कुल १७ अंक हासिल गरेको छ ।

अब बुधबार मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुने छ भने बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै