काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव राखेका छन् ।
आइतबारबाट जारी पार्टीको केन्द्रीय कमिटीको छैठौं बैठकमा पेश गरिएको राजनीतिक प्रस्तावमा दाहालले आफूसहित पार्टीका पदाधिकारीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने प्रस्ताव राखेका हुन् ।
केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छन् । उनले भनेका छन्- ‘आगामी फागुन १ भित्र माओवादीका केन्द्रदेखि प्रदेश तहसम्मका सवै नेता कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र बाँच्ने आयस्रोतको विवरण पेश गर्नुपर्नेछ ।'
उनले नेताहरुको जीवनमा आर्थिक पारदर्शीताको ठूलो महत्व रहेको भन्दै त्यहीअनुसार सबै नेता अघि बढ्नुपर्ने जोड दिएका छन् ।