• २०८१ पौष २४ बुधबार

राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री ट्रूडो

kharibot

काठमाडौँ । मिडिया रिपोर्टका अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले केही दिनमै आफ्नो पदबाट राजीनामा दिनसक्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार ट्रुडोले सत्तारुढ लिबरल पार्टीको नेताको पद त्याग्ने बारे सोचिरहेको उल्लेख छ । क्यानडामा ट्रुडो विगत नौ वर्षदेखि सत्तामा रहेका छन् र प्रधानमन्त्रीको रुपमा काम गर्दै आएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राजीनामा कहिले घोषणा गर्ने भन्ने बारे अन्तिम निर्णय भने भइसकेको छैन ।

धेरै महिनादेखि ट्रुडोलाई आफ्नै पार्टीका सांसदहरूले राजीनामा दिन दबाब दिइरहेका छन् । गत महिना उनकी अर्थमन्त्रीले पदबाट राजीनामा दिएकी थिइन् ।

ओपिनियन पोलका अनुसार लिबरल पार्टी कन्जरभेटिभभन्दा निकै पछाडि छ । 'द ग्लोब एन्ड मेल' समाचारका अनुसार ट्रुडोले बुधवार पार्टी ककस बैठक अघि आफ्नो पार्टीका सांसदहरूले उनलाई बाहिरको बाटो देखाउन चाहन्छन् भन्ने धारणाबाट जोगिनका लागि राजीनामा दिने इच्छा घोषणा गर्न सक्छन् ।

लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्रीको रूपमा रहने वा नरहने भन्ने अझै स्पष्ट भइसकेको छैन।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै