कैलाली । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
हरिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।